पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

काठमाडौं: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ।

यसअघि बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई जिम्मेवारी दिइएको हो।

कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुनःनिर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी कार्यविधि निर्माणको जिम्मेवारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

'भूकम्पमा भत्किएर अनुदान सम्झौता हुनुअघि बनिसकेका घरलाई रकम दिने कार्यविधि निर्माणको खाका बनाउन विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियारी दिइएको छ, न्यूनतम रकममा भूकम्प प्रतिरोधी घर बनाउने नक्सा विज्ञ सदस्य डा हरिनाथ पराजुलीले निर्माण गर्नुहुनेछ,'उनले भने।

सहरमा भत्किएका घरको प्रवलीकरण (रेक्टोफिटिङ) र गाउँघरमा भत्किएका घरको मर्मत सम्भारका लागि कार्यविधि निर्माणको जिम्मेवारी समेत पराजुलीलाई नै दिइएको प्राधिकरणले जनाएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.