संसद्‌मा कांग्रेस नेताको चेतावनी : मधेसको माग पूरा नभए नेपाल टुक्रिन सक्छ

संसद्‌मा कांग्रेस नेताको चेतावनी : मधेसको  माग पूरा नभए नेपाल टुक्रिन सक्छ

काठमाडौंः नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्।

मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने चेतावनी दिएका हुन्। ‘पाकिस्तानमा सुशासनको माग उठ्दा त्यसको सुनुवाइ हुन नसक्दा मुलुक टुक्रिएको स्मरण गराउँदै सांसद मन्सुरले भने,‘मधेसीहरुका माग सम्बोधन संविधान संशोधनमार्फत नभए नेपालपनि त्यस्तै बन्न सक्छ।’

उनले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम समुदायले उठाएका माग तत्काल सम्बोधनका लागि प्रक्रिया अगाडि बढाउन समेत माग गरे।

यस्तै संसद बैठकमा बोल्दै कांग्रेसकै सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताए। उनले एक व्यक्तिका अगाडि मुलुक नतमस्तक बन्न नहुने बताए।

उनले भने,‘एउटा व्यक्तिले मुलुकको कानुन मान्दिन भनेर बस्न सक्छ। तर राज्य नै नतमस्तक भएर बस्नु हुँदैन। यसलाई गम्भीररुपले लिनुपर्दछ।’

उनले अख्तियार प्रमुख कार्काी कहिलेसम्मलाई विदेश भ्रमणमा गएको हो भन्ने प्रश्न समेत गरे। उनले संविधानको व्यवस्थाअनुसार महाअभियोग समिति बन्न किन ढिलाइ भएको हो भन्नेबारे संसदमा प्रश्न समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.