दसैंमा पनि बाँडिएन सामाजिक सुरक्षा भत्ता

दसैंमा पनि बाँडिएन सामाजिक सुरक्षा भत्ता

राजविराजः दसैंअगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा जेष्ठ नागरिक र एकल महिलाहरूले चाडबाड मनाउन पाएनन् ।

चाडपर्वका बेला राम्रो लुगा किन्ने, मिठो खाने र घरखर्चका लागि सामान किन्न नपाउँदा दसैं खल्लो भएको राजविराजका वृद्धवृद्धा र एकल महिलाले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ताबापतको रकम सम्बन्धित नगरपालिकामा पुगे पनि कार्यालय प्रमुख नहुँदा वितरण हुन नसकेपछि सामाजिक सुरक्षा भत्ता लिँदै आएकाहरूको दसैं खल्लो भएको हो ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि ०७२ अनुरूप नगरपालिकाको खातामा भत्ताको अख्तियारीसहित एक करोड १० लाख ९७ हजार रकम आए पनि कर्मचारीको गैरजिम्मेवारी पनका कारण रकम वितरण हुन नसकेको हो ।

दसैंमा समेत जिम्मेवार निकायबाट सामाजिक सुरक्षा भत्ताको रकम निकासा हुन नसकेका कारण रकम वितरण गर्न नसकिएको सम्बन्धित नगरपालिकाले जनाएका छन् । तत्कालीन कार्यालय प्रमुख विष्णु गुरुङ चेकमा हस्ताक्षर नगरी सरुवा भएर असोज १७ गते प्युठान गएकाले रकम वितरण गर्न नसकिएको निमित्त कार्यालय प्रमुख हरिनारायण राम रौनियारले बताए ।

दसंैको अवसरमा सुरक्षा भत्ता नपाउँदा जेष्ठ नागरिक, एकल महिलाको दसैं खल्लो भएको कार्यालयका शाखा अधिकृत प्रफुल्ल श्रेष्ठले बताए । राजविराज नगरपालिकाबाट अपांग, जेष्ठ नागरिक, एकल महिला र दलित बालबालिकासमेत गरी एक हजार सात सय २२ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् ।

सरकारले भत्ता दोब्बर बनाएको सुनेका आंशिक अपांग एवं दलित जोगिन्दर मरिकले दसैंमा नयाँ कपडा किन्न नसकेको बताए । सामाजिक सुरक्षा भत्ताको आसमा बसेका मरिकले चौमासिक भत्ता नपाएपछि पुरानै कपडा लाएर दसैं मनाएको बताए ।

ऋणमा दसैं बिताएकी राजविराज ७ की रामप्यारी बेलदारलाई अहिले तिहार कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ । बिहानबेलुका छाक टार्न पनि समस्या भएको बताउने राजविराज ६ की खैकीदेवी र राजविराज ७ की पूर्ण अपांग रञ्जु रजकको घरमा रासन पनि सकिँदै गएको छ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताबापतको रकमले चाडपर्वमा नयाँ कपडा किन्ने, मिठोमसिनो खाने र अन्य गर्जो टार्ने जेष्ठ नागरिक र एकल महिलाको योजना कर्मचारीको गैरजिम्मेवारीपनाले पूरा हुन नसकेको राजविराज ९ का शम्भु देवले बताए ।

भत्ता पाउने आसमा दैनिक कार्यालय धाउने वृद्धवृद्धालाई रित्तो हात घर फर्काउनु पर्दा भत्ता विरणको अख्तियारी पाएका पञ्जिकाधिकारी लोकेन्द्र चौधरीले आफैंलाई दुःख लागेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.