३२ वर्षअघि जेल सजाय सुनाइएका फरार अभियुक्त पक्राउ

३२ वर्षअघि जेल सजाय सुनाइएका फरार अभियुक्त पक्राउ

जाजरकोटः बलात्कार अभियोगमा ३२ वर्षअघि जेल सजाय सुनाइएका जाजरकोटका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। भेरीमालिका नगरपालिका–६ पुन्मा निवासी ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो।

२०४१ सालमा गाँउकै एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटमा जर्वजस्ती करणी उद्योग सम्बन्धी मुद्दा परेको थियो । अदालतले उनलाई दोषी ठहर्याउँदै तीन वर्षको कैद सजाय सुनाएको थियो।

बलत्कारपछि फरार भएका उनी भारतमा गएर लुकेर बसेका थिए। केही समय अघि उनी घर आएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको बोहराले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.