ढिस्कोले पुरिएर किशोरीको मृत्यु
गौरः घर लिप्ने माटो लिन गएकी एक किशोरीको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
मंगलवार बिहान रौतहटको शीतलपुर वैरगनियाँ गाबिस–८ गम्हरियाटोलस्थित लालबकैया नदीको किनारमा माटो लिन गएकी १५ वर्षीया रुवी कुमारी यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविककृष्ण भण्डारीले जानकारी दिए।
यस्तै रौतहटकै बसतपुर गाविस–८ की ७५ वर्षीया चन्द्रकला देवी गिरी वागमती नदीमा नुहाउँदै गर्दा डुबेर बेपत्ता भएकी छन्।