मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू हुने

मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू हुने

काठमाडौं: यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।

गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उनले बताए।

पछिल्लो प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट कार्डलाई देशभर फैलाउन सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठको भनाइ छ। एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब २३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चारपाङ्ग्रे, दुईपाङ्ग्रेलगायत सवारी साधन चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत वितरण गरिएको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.