ग्यास चुहिएर गम्भीर घाइते युवकको मृत्यु
गौशाला: महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन्।
बडादसैंको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए।
घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा आज उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताए। सो घटनामा लवसहित चार जना घाइते भएका थिए। बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताए। रासस