चीनको धार्मिक भ्रमण सकेर कमल थापा स्वदेश फिर्ता
काठमाडौँः चीनको छ दिनलामो धार्मिक भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा स्वदेश फर्किएका छन् ।
चिनियाँ सरकारको मैत्रीपुर्ण निमन्त्रणामा अध्यक्ष थापा बिहीबार चीन भ्रमणमा निस्किएका थिए । धार्मिक भ्रमण भनिए पनि थापाले तिब्बतमा चिनियाँ नेतासँग राजनीतिक भेटवार्ता गरेका छन् ।
चीन भ्रमणका क्रममा थापाले तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बासंग शिष्टाचार भेट गर्नुका साथै अन्य नेतासँग समेत भेटवार्ता गरे ।
अध्यक्ष थापा श्रीमती प्रलिसा थापा, छोरा सुवास थापा, बहिनी र राप्रपा नेपालका कोषध्यक्ष उद्धव पौडेलसँगै चीन गएका थिए ।
चीनको धार्मिक भ्रमणमा निस्किएका थापालाई चिनियाँ हेलिकोप्टरबाट कैलाश मानसरोबरको भ्रमण गराइएको थियो ।