संविधान संशोधन सहमतिमै हुन्छ : रामचन्द्र

संविधान संशोधन सहमतिमै हुन्छ : रामचन्द्र

काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन सहमतिमै हुने बताएका छन्। 

तराई–मधेसका समस्याको समुचित समाधान कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न पेसा, व्यवसायमा आबद्ध विज्ञसँग मंगलबार राजधानीमा गरेकाे अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले भने, 'संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबैको सहमतिमा नमिलेका कुरा संविधान संशोधनमार्फत मिलाउन सबै उदार हुनुपर्छ।'

अहिले उठेको सीमाङ्कन, नागरिकता, समावेशीताजस्ता विषयको समस्या समाधान गर्न काँग्रेसले अगुवाइ लिनुपर्ने बताए।उनले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशीक र सङ्घीय निर्वाचन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै संविधान कार्यान्वयन भएन भने के हुन्छ त्यतातर्फ पनि सोचेर समस्याको निकास खोजौँ भने।

पौडेलले राजनीतिक दल, नेता र कार्यकर्ताप्रति वितृष्णा बढ्न नदिई राजनीतिलाई मर्यादित तुल्याउन सरोकारवाला सबैको क्रियाशील सहभागिता आवश्यक छ भन्दै तराई मधेसको समुन्नति, जीविकोपार्जन र जीवनस्तर उकास्न राष्ट्रिय अभियान सञ्चालनको आवश्यकता औँल्याए।

सो कार्यक्रममा पूर्वमन्त्री विद्याधर मल्लिकले सीमाङ्कन, समावेशीतालगायत अहिले उठेका समस्याको सहमतिका आधारमा छिटो समाधान खोजिनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता रामकृष्ण निराला, अधिवक्ता विजय सिंह र देवेन्द्र झाले तराई–मधेस काँग्रेसको आधार क्षेत्र भएकाले त्यहाँका जनताले उठाएका मागलाई त्यहीको जनताको मागअनुरुप राजनीतिक र संवैधानिक रुपमा निकास खोज्न काँग्रेसले अगुवाइ गर्नुपर्ने धारणा राखे।

लेखक सीके लालले काँग्रेसले तराईका आफ्ना नेता कार्यकर्तालाई के गर्दा तपाईँहरु शीर ठाडो गरेर त्यहाँ जान सक्नुहुन्छ भनेर राय लिएर समस्याको निकास खोज्न सल्लाह दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.