हुण्डी कारोबारीलाई कारबाही गर्ने एसपीलाई गृह मन्त्रालय झिकाइयो

हुण्डी कारोबारीलाई कारबाही गर्ने एसपीलाई गृह मन्त्रालय झिकाइयो

वीरगन्जः गैर कानुनी रुपमा चर्को ब्याजमा कर्जाको लेनदेन र अवैध हुण्डीको कारोबार गरेको आरोपमा पक्राउ परेकालाई छाड्न नमानेपछि पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई गृहमन्त्रालयमा झिकाइएको छ ।

अवैध हुण्डीको कारोबार गर्नेलाई नछाडेको भन्दै सत्तारुढ कांग्रेसका स्थानीय नेता र उद्योगीले गृहमन्त्रीलाई दबाब दिएपछि श्रेष्ठलाई गृहमन्त्रालयमा झिकाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा स्रोत अनुसार गृहमन्त्रीको दबाबमा नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट गत आइतबार साँझ पत्र वीरगन्ज पुगेको थियो ।

पत्रमा प्रहरी उपरीक्षक श्रेष्ठलाई गृहमन्त्रालयमा मङगलबार बिहान ११ बजे उपस्थित हुन भनिएको थियो । प्रहरीको केन्द्रीय कार्यालयबाट पत्र पाएपछि उपरीक्षक श्रेष्ठ मङगलबार गृहमन्त्रालयमा हाजिर भएका छन् । प्रहरी स्रोतका अनुसार कार्कीले मंगलबार गृहमन्त्री बिमलेन्द्र निधीलाई भेटेका छन् ।

तर पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा ब्रिफिङ गर्न प्रहरी केन्द्रीय कार्यालयले प्रहरी उपरीक्षक श्रेष्ठलाई बोलाएको बताए ।

काठमाडौँमा रहेका प्रहरी उपरीक्षक श्रेष्ठले भने मङगलबार साँझ अन्नपुर्णपोष्टसँग टेलफोनमा कुरा गर्दै मिटिङमा व्यस्त भएको जवाफ दिए । श्रेष्ठले टेलिफोनमा आफू व्यस्त रहेकाले पछि कुरा गर्ने बताए ।

वीरगन्जबाट गत असोज १६ गते प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका मुख्य कारोबारीसहित पाँच जनालाई ८१ लाख नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा भारतको मुजफरपुर स्थायी घर भएका ५५ बर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० बर्षीया उषा गोयन्का, छोरा ३२ बर्षीय विक्की भन्ने अकुंर जैन, पर्साको लंगडी गाविस १ घर भएका ३३ बर्षीय सुनिल कुमार पटेल र वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ प्रगतीनगरका २३ बर्षीय जीवन ठाकुर रहेका छन् ।

वीरगन्ज उपमहानगरपालिका ७ रेशमकोठीमा अवस्थित सन्तोष जैनको घरमा उनकी श्रीमती उषा गोयन्काको नाममा दर्ता रहेको न्यु नेहा ओभरसीजमा गत असोज १६ गते दिउँसो छापा मारेर जैन दम्पत्तिसहित पाँच जनालाई नगद रकम र चेकसहित पक्राउ गरेको थियो ।

प्रहरीले पाँचै जनालाई अदालतबाट २० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ । यद्यपी वीरगन्जका कांग्रेस नेता र उद्योगीले भने सन्तोष जैन र उनका छोरा अन्कुर दोषी भए पनि सन्तोषकी श्रीमती उषा भने निर्दोष रहेको दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.