काठमाडाैंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनःपूर्वराजाले सम्बोधन गर्ने

काठमाडाैंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनःपूर्वराजाले सम्बोधन गर्ने

काठमाडौंः विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले बिहीबारदेखि काठमाडौंको बनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले सम्मेलन उद्घाटन र सार्वजनिक रूपमा सम्बोधनसमेत गर्ने भएका छन् ।

राजासहितको हिन्दु राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ ।

समितिकी सचिव अस्मिता भण्डारीले सम्मेलन हिन्दु धर्मावलम्बीको भीड देखाउनमात्र नभई सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्नका लागि पनि भएको बताइन् । उनले भनिन्, ‘महासंघको यो अन्तर्राष्ट्रियस्तरको विराट सम्मेलन राजासहितको हिन्दु अधिराज्य बनाउने अभीष्टले पनि आयोजना गरिएको हो ।'

सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुने भण्डारीले बताइन् ।

भारतबाट लोकसभाका सांसद एवं महासंघको भारत एकाइका प्रमुख आदित्यनाथ, उत्तराखण्डका शंकराचार्य वासुदेवानन्द सरस्वती, इस्लामाबादका शंकराचार्य, राष्ट्रिय स्वयंसेवक संघको भ्रातृ संगठनका अध्यक्ष रघुनन्दन शर्मा, शिव सेनाका प्रतिनिधि मास्टर थापा, ओमकार परिवारका वैदिक, शिख, जैन, बुद्धिस्ट आदि सम्प्रदायका धर्मगुरुलगायतको उपस्थिति हुनेछ ।

समितिका अध्यक्ष कर्णेल हेमबहादुर कार्कीले सम्मेलनमा हिन्दु धर्मभित्रका विकृति केलाउँदै बाहुनको मात्र भनिने हिन्दु धर्म, यसलाई नंग्याउने र भाँड्ने विषय, गाई काटेका घटना, धर्म परिवर्तन, संविधानमा धर्म निरपेक्षतालगायत विषयमा छलफल गरी धर्मगुरुहरूबाट निचोड निकालिने जानकारी दिए । उनले भने, ‘यी सबैमा सरकारको भूमिका पनि खोजिनेछ भने ९४ प्रतिशत ओमकार परिवार र ८४ प्रतिशत हिन्दु भएको देश नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउनेमा पनि व्यापक छलफल हुनेछ ।'

सम्मेलनमा नेपालबाट तीन र भारतबाट एउटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सम्मेलनले निचोडका रूपमा धर्मसँग सम्बन्धित नीति निर्माणसम्मका विषयमा निष्कर्ष निकाल्ने कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.