चालकले मोबाइल चलाउँदा बस खस्यो

चालकले मोबाइल चलाउँदा बस खस्यो

भीमदत्तनगरः दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

‘बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो’ । प्रहरी नायब निरीक्षक धामीले यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भएको बताए ।

चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उहाँले चालक कुँवरको खोजी भइरहेको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.