गुठीको जग्गा फिर्ता

गुठीको जग्गा फिर्ता

पोखराः नारायणथान मन्दिर गुठीबाट अर्कैले दाबी गरेको १० रोपनी जमिन गुठीकै नाममा आएको छ । पुनरावेदन अदालत पोखराले जमिन पोखरा—३ स्थित मन्दिरको गुठीकै नाममा हुने ठहर गरेको हो ।

पुनरावेदन अदालतका न्यायाधीश दुर्गादत्त भट्ट र भीमकुमार ओझाको इजलासले उक्त जग्गा गुठीकै जग्गा हुने ठहर गरेको जानकारी सहरजिस्ट्रार नारायण पण्डितले दिए । उनका अनुसार जिल्ला अदालत कास्कीले यसअघि गरेको ठहरलाई पुनरावेदनले सदर गरेको हो । जिल्ला अदालतले जग्गा गुठीकै हुने फैसला त्यसअघि गरेको थियो ।

पोखरा–३ नदीपुर नारायणथान मन्दिरको गुठीको कित्ता नम्बर १२९ को मन्दिर छेवैको जग्गा अरू स्थानीयले दाबी गरी सार्वजनिक पार्क बनाउने भनी व्यक्तिगत प्रयोगमा लगाएका थिए । २०५८ सालमा वीरेन्द्रस्मृति पार्कका लागि भनेर लिइएको जमिन व्यक्तिगत नर्सरीको प्रयोजनमा छ । पार्क बनाउने भन्ने स्थानीयले जग्गा गुठीको नभई आफ्नो भनेर दाबीसहित २०६८ मा जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

त्यसमा जिल्ला अदालतले वादीलाई हराई जमिन मन्दिरको गुठीकै हुने फैसला गरेकोमा त्यसैलाई पुनरावेदनले सदर गरेको हो । जमिन मन्दिरकै हुने भनी गरिएको ठहरको जानकारीसहितको पत्राचार अदालतले नारायणथान धार्मिक क्षेत्र विकास समितिलाई केही दिनअघि गरेको हो ।

धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीका अनुसार मन्दिर परिसरमा एकमुष्ट रहेको जमिन बीचमा सेतीको नहर बनेपछि दुई कित्तामा विभाजित भएको थियो । त्यसरी विभाजित जमिन अर्कैले दाबी गरेका हुन् । उक्त सबै जमिन गुठी संस्थानले मन्दिरकै गुठीको नाममा लेखिदिएको हुनाले पनि अरूको दाबी असत्य ठहर भएको पराजुलीले बताए ।

‘नारायणथानको जमिन तैनाथी गुठीको नाममा भए व्यक्तिको नाममा जाँदैन र कसैले निजी प्रयोजनका लागि लिन सक्दैन', अदालतले भनेको छ । गुठी संस्था ऐन २०३३ को दफा २ (ञ) ले कसैका नाउँमा दर्ता नभएको मन्दिरको जग्गामा गुठी संस्थानको सम्पूर्ण अधिकार रहेको जग्गा नै गुठी तैनाथी जग्गा हुने व्यवस्था रहेबाट जमिन मन्दिरकै हुने फैसला अदालतबाट भएको हो । संस्थानले व्यक्तिगत गुठी नभई गुठी तैनाथी कायम गर्ने गरी गरेको निर्णय बदर हुने अवस्था नरहेको पनि अदालतको फैसलामा छ ।

नारायणथान मन्दिरको गुठीको अर्बौं रुपैयाँ पर्ने ६० रोपनी जमिन पनि विवादमा छ । गुठीको जमिन व्यक्तिले नामसारी गरी बेचबिखन गरिरहेको भेटिएपछि धार्मिक क्षेत्र विकास समितिले अख्तियारमा उजुरी गरेको थियो । अख्तियारले विवादित ती जमिनको सत्यतथ्य पत्ता लगाइन्जेलका लागि भनेर अहिले चाहिँ बेचबिखन रोक्का गरिदिएको समिति अध्यक्ष पराजुलीले जानकारी दिए ।

पोखरा-१८ छिनेडाँडास्थित गुठीकै जमिन मन्दिरका पुजारी पुष्पराज लामिछानेको नाममा गएपछि समिति र स्थानीय अगुवाहरूले अख्तियार गुहारेका हुन् । त्यसबाहेक पोखरा-१३ कुँडहरको जमिनमध्ये केही बिक्रीसमेत भइसकेर कतिपयले घर बनाइसकेको पराजुलीले सुनाए ।

नारायणथान मन्दिरको गुठीको अर्बौ रुपैयाँ पर्ने ६० रोपनी जमिन पनि विवादमा छ । गुठीको जमिन व्यक्तिले नामसारी गरी बेचबिखन गरिरहेको भेटिएपछि धार्मिक क्षेत्र विकास समितिले अख्तियारमा उजुरी गरेको थियो ।

‘ती जमिनको बिक्री पनि रोक्का गरी अनुसन्धान भइरहेको छ', उनले भने, ‘आशा छ मन्दिरको गुठीले न्याय पाउनेछ ।' मन्दिरका तत्कालीन पुजारीका हकवालाबाट बकसमा पाएको भन्दै पुष्पराज लामिछानेले जमिनमाथि दाबी गरेका छन् । मन्दिरको सुरुका पुजारीका सन्ततिका उनी नातेदार हुन् ।

मन्दिरको संरक्षणमा लाग्नेलाई खानेबस्ने सुविधाका लागि व्यवस्था गरिएको गुठी निजी हुन नसक्ने दाबी स्थानीय र धार्मिक क्षेत्र विकास समितिले गर्दै आएको छ । फिल्डबुकमा समेत सच्याई व्यक्तिको नाममा जग्गा बनाएर बेचबिखन हुँदै आएपछि चासो सुरु भएको समिति अध्यक्ष पराजुलीले बताए । ‘मन्दिरको जमिन बेचबिखन हुँदै आएको रहेछ', उनले भने ।

नारायणथान मन्दिर १९३७ सालतिर योगी गणेश गिरीले स्थापना गरेको इतिहास छ । उनैले मन्दिरका लागि १ सय २० मुरी खेतको बनाएका थिए । मन्दिर संरक्षणकर्ता र पूजाआजा गर्नेहरूलाई भरणपोषण तिनै जमिनको उब्जनीबाट हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.