'संविधान संशोधन तिहार अघि नै '
काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तिहार अघि नै संविधान संशोधन गर्ने निर्णय गरेको छ।संविधान संशोधन भएपछि तीनै तहका निर्वाचन गर्न सजिलो हुने माअाेवादीको ठहर छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गर्दै उनले तिहार अघि नै संविधान संशोधन प्रस्ताव अघि बढ्ने जानकारी गराएका थिए। त्यसमा सामान्य छलफल गरेर बैठकले तिहारअघि नै राजनीतिक सहमति जुटाएर संशोधन अघि बढाउने निर्णय गरेको हो।
भारतको गोवामा सम्पन्न ब्रिक्स-बिम्स्टेक विस्तारित बैठक तथा सरकारको कामकारवाहीबारे जानकारी गराएका थिए ।गोवामा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगको भेट सुखद संयोग भएको बताउँदै यसले दुवैतिरको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताएका थिए।
प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका र श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमुखहरुसँग भएका द्वीपक्षीय र बहुपक्षीय भेटका बारेमा बैठकमा जानकारी गराएका थिए। त्यस्तै दाहालले तीन बजे संसदमा समेत सम्मेलनबारे जानकारी गराउने छन् ।