सालकको खपटासहित एक जना पक्राउ

सालकको खपटासहित एक जना पक्राउ

बनेपाः एक किलो ७०० ग्राम सालकको खपटा सहित काभ्रेपलाञ्चोकको पनौतीवाट प्रहरीले एक जनालाई फक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक च्यासिङखर्क-३ का २८ वर्षीय सोनामसिंह वाइवा रहेको इलाका वन कार्यालय, जनगालले जनाएको छ ।

बेच्नका लागि ल्याएको उक्त परिमाणको सालकको खपटासहित आइतवार केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले उनलाई पनौतीवाट पक्राउ गरिएको हो ।

इलाका वन कार्यालय, जनगालका रेञ्जर शङ्कर झाका अनुसार च्यासिङखर्क– ९ मदनवासबाट सो सालकको खपटा ल्याएको अनुसन्धानवाट खुलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्तनधारी दुर्लभ सालकको खपटा र छालाको मूल्य प्रतिकिलोग्राम रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म रहेको जनाएको छ ।

पक्राउ परेका वाइवामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाइने रेञ्जर झाले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.