विदा छोट्टाएर लोकमान स्वदेश फर्किए
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वदेश फर्किएका छन् ।
सर्वोच्च अदालतले योग्यतासम्बन्धी मुद्धा पुनरावलोकन गर्ने फैसला गरेपछि क्यानडा गएका कार्की बुधबार साँझ स्वदेश फर्किएका हुन् ।
अदालतको म्याद तामेली छल्न बिदा थप्दै विदेशमा बसेका कार्की उनका घरमा सोमबार म्याद तामेली भएपछि बुधबार स्वदेश फर्किएका हुन् । कार्की विदेशमै रहदा सर्वोच्च अदालतले म्याद तामेली गरेपछि उनी स्वदेश फर्किएका हुन् ।
कार्की आउने सूचना पाएर विमानस्थलमा पुगेका पत्रकारलाई उनले केही प्रतिक्रिया दिन चाहेनन् । केही दिन अघिमात्र १० दिन बिदा थपेका कार्की विदेश बसाई छोट्याएर स्वदेश फर्किएको अख्तियार स्रोतले बताएको छ ।