तिहार अघि कांग्रेसबाट आठ राज्य मन्त्री

तिहार अघि कांग्रेसबाट आठ राज्य मन्त्री

काठमाडौः पटक पटक कांग्रेसको अनिर्णयका कारण टरेको राज्यमन्त्री नियुक्ति तिहार अघिनै हुने भएको छ । कांग्रेसले तिहार अघिनै राज्यमन्त्री पठाउने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ कुराकानी भएपछि तिहार अघिनै कांग्रेसकातर्फबाट ८ जना राज्यमन्त्रीसहित साना दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने सहमति भएको हो ।

फोरम लोकतान्त्रिक र साना दलका लागि प्रधानन्त्री दाहालले महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाई, पशुपंक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय आफूसँगै राखेका छन् । स्रोतका अनुसार देउवा र दाहालबीच छलफल भएपछि चार मध्ये दुई फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको हो । बाँकी दुई मन्त्रालय भने साना दललाई दिन लागिएको छ ।

त्यसैगरी नयाँ चार मन्त्रीसँगै कांग्रेसले आठजना राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ । बिहीबार र शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठक डाकेकाले सोमबारसम्ममा कांग्रेसका राज्य मन्त्रीलाई शपथ खुवाउने तयारी छ ।

पदाधिकारी मनोनयन तरुण दलको अधिवेशनपछि

कांग्रेस सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन भने कात्तिक अन्तिमा हुने तरुण दलको महाधिवेशन पछि गर्ने भएका छन् । तिहारलगत्तै सभापति देउवाको विदेश भ्रमण हुने र त्यही समय तरुण दलको अधिवेशन भएकाले मंसिर पहिलो साता मात्रै पदाधिकारी मनोनयन हुने स्रोतको दाबी छ ।

देउवा निकट स्रोतका अनुसार उपसभापतिमा गोपालमान श्रेष्ठ मुख्य दावेदार हुन् । त्यस्तै नेता खुमबहादुर खड्का र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि उपसभापतिमा आकांक्षा राखेका छन् ।
त्यसैगरी महामन्त्रीमा भने २०३८ सालाका नेविसंघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउने निश्चित जस्तै छ । सहमहामन्त्रीमा भने कसलाई बनाउने टुंगो लागेको छैन । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, महेश आचार्य, आनन्दप्रसाद ढुंगानालगायतले दाबी गरेका छन् ।

देउवाले पदाधिकारीसँगै पार्टीको केन्द्रीय विभागको पनि गठन गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा ४० वटा विभागको व्यवस्था छ । विभाग गठनका लागि देउवाले केन्द्रीय सदस्यसँग आफूलाई इच्छा भएको विभागका प्राथमिकता तोकेर चारवटा विभागको नाम मागेका छन् । सोहीअनुसार सदस्यको क्षमता र अनुभवका आधारमा विभागको प्रमुख बनाउने तयारीमा देउवा छन् ।

कांग्रेसले समसामयिक राजनीतिक अवस्था, सविधान संशोधनलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । बिहीबार पार्टी केन्द्र कार्यालय सानेपामा डाकिएको बैठकमा संविधान संशोधनमा लागि नागरिकता, भाषा, राष्ट्रिय सभाको गठन र प्रदेश सिमांकन र स्थानीय निकायको पुर्नसंरचनाका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले स्थानीय नियकाको संरचना यसअघिका इलाकालाई नै गाउँपालिका बनाउनुपर्ने धारणा अघि सार्दै आएको छ । चैत मसान्तसम्म स्थानीय निकायको चुनाव गर्नेपर्ने भएकाले पनि कांग्रेसले स्थानीय तहको विषयमा औपचारिक धारणा बनाउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.