कांग्रेस पनि लोकमानविरुद्धको महाअभियोगको पक्षमा

कांग्रेस पनि लोकमानविरुद्धको महाअभियोगको पक्षमा

काठमाडौं : नेपाली कांग्रेससँगको सल्लाह र सहमतिमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको खुलासा भएको छ ।

प्रस्ताव दर्ता गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच विभिन्न चरणमा छलफल भएर एकप्रकारको सहमति बनेपछि प्रस्ताव अघि बढाइएको स्रोत बताएको छ ।

एमाले र माओवादीका सांसदहरुले मात्र महाअभियोगमा हस्ताक्षर देखिएपछि कांग्रेसको भूमिका र दृष्टिकोणबारे अनेक आशंका र अनुमान भइरहेका बेला कांग्रेसले आज औपचारिक रुपमा आफ्नो दृष्टिकोण बाहिर ल्याउने भएको छ ।

प्रस्तावमा हस्ताक्षर नभए पनि महाअभियोगलाई पारित गराउन कांग्रेसले सघाउने कांग्रेसका एक वरिष्ठ नेताले बताए । उनले भने, 'हामीसँगको सल्लाह र छलफलअनुसार दर्ता भएको हो । यसमा कांग्रेसको रोल के हुन्छ भनेर अनावश्यक आशंका र अनुमान गर्नुपर्ने आवश्यकता छैन ।'

पार्टी सभापति देउवाले पनि कांग्रेसका उपलब्ध सांसद तथा नेताहरुलाई यसबारेमा स्पष्ट पारिसकेका छन् । यसबारेमा कांग्रेसका नेताहरुबीच बुधबार बेलुका पनि अनौपचारिक छलफल भएको थियो र बिहीबार बिहान पनि छलफल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.