प्रभावकारी भएन अनुगमन 

प्रभावकारी भएन अनुगमन 

धादिङः सरकारले बजार अनुगमन तीव्र पारेको भए पनि धादिङमा गरिएको अनुगमन भने प्रभावकारी नभएको उपभोक्ता र व्यापारीले बताएका छन् ।

 चाडपर्वको मौका छोपी बिचौलियाहरू सल्बलाएका कारण त्यसको प्रत्यक्ष मार उपभोक्ताहरूले बेहोर्दै आएका छन् । महंगी र कालोबजारी नियन्त्रण गर्न भन्दै पछिल्लो समय सदरमुकाम र पृथ्बी राजमार्गका होटेल, स्वास्थ्य संस्था तथा किराना पसलमा अनुगमन तीव्र पारेको स्थानीय प्रशासनले व्यवसायी कागजपत्र मात्र हेर्ने गरेको स्थानीयको गुनासो छ ।

 पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङलगायत विषयगत कार्यलयहरू, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागलगायतले छुट्टाछुट्टै रूपमा धादिङबेसी र पृथ्बी राजमार्गमा व्यापार व्यवसाय सञ्चालन भइरहेका विभिन्न ठाउँहरूमा एक दर्जनभन्दा बढी पटक अनुमगन ग¥यो ।

कालोबजारी र महंगी बढेको भन्दै अनुगमन भए पनि न कालो बजारी गर्ने व्यापारी पक्राउ परे न महंगी नै नियन्त्रण भयो । म्याद सकिएका केही खाद्य सामग्री जफत गर्नु र दर्ताबिना नै व्यावसाय सञ्चालन गरिरहेकालाई ७ दिने म्याद दिनुबाहेक अनुगमन खासै प्रभावकारी बन्न नसकेको उपभोक्ताले आरोप लगाएका छन् ।

 अनुगमन तीव्र बनाएपछि केही सुधार भए पनि जति प्रभाव पर्नुपथ्र्यो त्यो नपरेको धादिङ जोगिमाराका रामबहादुर श्रेष्ठले बताए । अनुगमन सानातिना व्यापार व्यवसाय गर्नेहरूमाथि मात्रै हुने गरेको गुनासो आउन थालेको छ । विशेष गरी स्वास्थ्य संस्था पेट्रोल पम्प, मासु पसललगायत सदरमुकामका ठूला होटेल र खाद्यान्न स्टोरहरूमा अनुगमनको कुनै प्रभाव पर्ने गरेको छैन ।

मौसमी अनुगमनले कुनै परिवर्तन ल्याउन नसक्ने उपभोक्ता अधिकारकर्मी राजेन्द्र बस्नेतले बताए । स्थानीय प्रशासनले उपभोक्ताको हितमा भन्दा पनि मन्त्रालय र विभागको नियमित कामकाजको रिपोर्ट बनाउन मात्रै अनुगमन गर्ने गरेको उपभोक्ताले आरोप लगाए ।

अनुगमनका नाउँमा अधिकांश पसलमा काजगपत्र मात्रै चेकजाँच गर्ने गरेको स्वयं व्यापारी बताउँछन् ।

धादिङबेसीका व्यापारी शान्तविक्रम बानियाँले भने, ‘नियमित रूपमा प्रभावकारी अनुगमन हुने हो भने धेरै कुराहरूमा सुधार आउँछ तर यहाँ त कसैलाई देखाउनका लागि मात्रै अनुगमन हुन्छ ।'

अनुगमनका क्रममा कानुनसम्मत नदेखिएका व्यापार व्यवसाय त्यतिखेर बन्द गर्ने गरेको भए पनि अनुगमन टोली फर्केको केही घन्टामा पुनः सञ्चालन हुने गरेको छ ।

स्थानीय प्रशासन भने आफूहरूले अनुगमन प्रभावकारी तरिकारले गरेको दाबी गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले मात्र नभई विषयगत कार्यालयहरूले पनि समय समयमा आफ्नो कार्यक्षेत्रका व्यापार व्यवसायहरूमा अनुगमन गर्दै लापरबाही गर्नेहरूलाई कारबाही गरिरहेको दाबी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन अधिकृत लीलाधर अधिकारीले भने, ‘पछिल्लो समयमा अनुगमन गर्ने कामलाई तीव्रता दिएका छौँ, विषयगत कार्यालयहरूले पनि आफ्नै तरिकाले अनुगमन र चेकजाँचका काम गरिरहेका छन् ।

केही प्रगति नभएको भन्न मिल्दैन । अनुगमन भएकै कारण राजमार्गका होटेलदेखि अन्य व्यापार व्यवसायमा धेरै सुधार हुँदै आएको छ । तर, ८६ किलोमिटर रहेको पृथ्बी राजमार्गका होटेलहरू नियन्त्रण गर्न अहिलेको अनुगमन मात्रै पर्याप्त छैन ।'

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.