नोबेल पुरस्कार विजेता सम्पर्कम आएनन्

नोबेल पुरस्कार विजेता सम्पर्कम आएनन्

स्टकहोमः यस वर्षको साहित्य विधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक साता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् ।

नोबेल पुरस्कार समितिले यी अमेरिकी स्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ ।

स्विडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्विडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले भनिन्, ‘अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौँ । बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनु भएको तर बबसँग हालसम्म सम्पर्क नै कायम भएन ।'

स्विडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उनीसँग सम्पर्क गर्ने प्रयास मंगलबारदेखि त्यागेको सिएनएन टेलिभिजनलाई बताए ।

गत बिहीबार राति, साहित्य विधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक सांगीतिक कार्यक्रम प्रस्तुत गर्न व्यस्त थिए । तर कार्यक्रमभर उनले पुरस्कार प्रदान गरिएकोबारे एक शब्द पनि उच्चारण गरेनन् । त्यस्तै भोलिपल्ट शुक्रबार उनेले अमेरिकाकै कोआचेला नगरमा अर्को सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यहाँ पनि उनले पुरस्कार प्रदान गरिएकोबारे कुरै उठाएनन् ।

बरु, त्यही मञ्चमा अर्को ब्यान्डका मित्रहरूले उनलाई बधाई दिँदै उनको अतुलनीय उपलब्धिबारे निकैबेर चर्चा र प्रशंसा गरे । नोबेल पुरस्कारका बारेमा डाइलान भने निःशब्द मौन बसे । नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उनको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ ।

‘केही छैन, उहाँलाई आउन मन नलागे नआउनु भए पनि हुन्छ, तर हामी सदैव उहाँलाई सम्मान गर्न भने चुक्दैनौं', सचिव डेनियस भन्छिन् । सन् १९४१ मे २४ का दिन डुलुथ, माइनसोटामा जन्मिएका हाल ७५ वर्षीय डाइलान एक उत्पादनशील संगीतज्ञ हुन् ।

उनले संगीत विधामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । सन् २०१२ को मे २९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा ह्वाइट हाउसमा प्रदान गरिएको ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम'बाट उनी विभूषित छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.