केल्भिनेटरका एसी बजारमा
काठमाडौः केल्भिनेटर ब्राण्डको लागि आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्र्तगतको इओल कम्पनीका एसी नेपाली बजारमा भित्र्याएको छ ।
चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ मेसिन जस्ता घरायसी सामग्रीको विक्री गर्दै कम्पनीले पहिलोपटक नेपाली बजारमा एसी भित्र्याएको हो । कम्पनीकाअनुसार उक्त एसीहरू एक र १.५ टन गरी दुई वटा मोडलमा उपलब्ध छन् ।
अमेरिकन प्रविधिबाट निर्मित उक्त एसीमा तुरुन्तै तातो गर्ने, टर्वो कुल, गोल्ड फाइन, एन्टी ब्याक्टेरीया तथा सिल्भर आइरन फिल्टर, लोभर स्टेप कन्ट्रोल जस्ता सुविधा रहेका छन् । रिमोटमा नाइट ग्लो बटमकासाथै कम विद्युत् खपत गर्ने महत्वपूर्ण विशेषता रहेको कम्पनीले जनाएको छ ।