ठूलो परिमाण पटाकासहित एक पक्राउ

ठूलो परिमाण पटाकासहित एक पक्राउ

इटहरीः इलाका प्रहरी कार्यालयले ठूलो परिमाणको पाटाका सहित एक आयातकर्तालाई बिहीबार नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीका अनुसार विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पुर्या‍इएको २० बन्डल (२८ हजार थान) पटाकासहित ती आयातकर्ता पक्राउ परेका हुन् ।

पटाका मास्टर भनेर चिनिने मोरङ बनिगाउँ–९का ३५ वर्षीय बद्रीनारायण चौधरीलाई उक्त परिमाणको पटाका र साइकलसमेत नियन्त्रणमा लिई विस्फोटक पद्धार्थसम्बन्धी ऐन २०१८ बमोजिम कारबाही अघि बढाइएको उनले बताए ।

भारत विहारको जोगवनीबाट भारतीय व्यापारीले नेपालसम्म ल्याइदिने र पक्राउ परेका बद्रीनारायण चौधरीमार्फत सुनसरी र मोरङका सहर बजारमा ती पटाका बिक्री गर्ने उनी मुख्य व्यक्ति भएको बयानका क्रममा खुलेको पनि प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.