विषाक्त खानाका कारण १ सय ३७ विद्यार्थी विरामी
कम्बोडियाः कम्बोडियाका स्थानीय स्वयमसेवी संस्थाले वितरण खाना खाएपछि एक विद्यालयमा झण्डै एक सय ३७ जना विद्यार्थी विरामी भएका छन् । एक प्रहरी अधिकारीले सयौँ विद्यार्थी विरामी भएको पुष्टि गरेका छन् ।
दक्षिणी कम्बोडियामा पर्ने ताकेओ क्षेत्रमा सो विषाक्त खानाको कारण ती बालबालिका बिरामी परेका जनाइएको छ ।
ट्रम कक जिल्लाका प्रहरी उपप्रमुख सोक सोचेआले दिनु भएको जनाकारी अनुसार गत मङ्गलबार बिहानदेखि विद्यार्थीहरु विरामी पर्न सुरु भएको थियो ।
उनका अनुसार ती बालबालिकालाई भुटेको भात, मकै, अण्डा, दुध, ससेज र पानी दिइएको थियो ।
बिरामी हुनासाथ विद्यार्थीहरुलाई उपचारकालागि अस्पतालमा लगिएको छ ।
उनीहरुलाई वितरण गरिएको खाना पनि परिक्षणका लागि सम्वन्धित ठाउँमा पठाइएको बताइएको छ । एजेन्सी