‘कार्कीलाई महाअभियोग लगाउनेबारेमा काँग्रेसमा कुनै छलफल भएको छैन’

‘कार्कीलाई महाअभियोग लगाउनेबारेमा काँग्रेसमा कुनै छलफल भएको छैन’

काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन्।

साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं।’

साउदले आजबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा समेत अनौपचारिक छलफल हुने बताए। उनले भने,‘महाअभियोगको विषय भनेको संसदको स्वामित्को विषय हो।’ उनले संविधान संशोधन गर्दै यसको सर्वस्विकार्यताका लागि सबै पक्षसँग वार्ता तथा छलफल भैरहेकोले यसबारेमा समेत पाटीलै चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार प्रमुख कार्कीको विरुद्धमा आएको महाअभियोग प्रस्ताव स्वागतयोग्य भएकोले यसलाई निश्कर्षमा पुर्याउन आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने स्पष्ट पारे। उनले भने,‘यो प्रस्तावलाई किनारा लगाउनुपर्छ, यसको लागि एमालेले साथ दिन्छ।’

अख्तियार प्रमुखको नियुक्तीलाई लिएर आफ्नो पार्टीले सुरुवातदेखि नै विरोध गरेको उल्लेख गर्दै सचिव ज्ञवालीले भने,‘लोकमानको नियुक्ती नै कानूनसम्मत् थिएन, जनआन्दोलन दबाउने र परिवर्तन आत्मसात् गर्न नसक्ने व्यक्ति कसरी अख्तियार प्रमुख बन्न सक्छन्, उनको योग्यता नै पुग्दैन्थ्यो ।’

उनले कार्कीले पूर्वाग्रही राखेर काम गरेको, भ्रष्टाचारीहरुलाई उल्टै संरक्षण गरेको र लोकतन्त्रलाई लोकमानतन्त्र बनाउन खोजेको आरोप लगाए।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट पारे। शाहीले भने,‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निरीहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं।’

शाहीले अख्तियार प्रमुख कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर पूर्वाग्रही ढंगले काम गरेको आरो लगाउँदै भने,‘संसदको निर्देशन उल्लंघन गर्ने काम भयो, उहाँले समितिलाई समेत छल्ने काम गर्नुभयो, समितिले बोलाउँदा उहाँ नआउने, विरामी भएको नाटक पार्ने तर त्यही दिन अर्को कार्यक्रममा जाने ? यो उहाँको गलत नियत थियो भन्ने कुरा प्रमाणित हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.