‘चारजना ठेकेदारको मुद्दा फिर्ता लिए महाअभियोग प्रस्ताव तुहिन्छ’

‘चारजना ठेकेदारको मुद्दा फिर्ता लिए महाअभियोग प्रस्ताव तुहिन्छ’

काठमाडौंः मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार नेताहरुको मुद्दा हट्यो भने लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तुहिने दाबी गरेका छन्।

महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै कर्णले भने,‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने? यो कस्तो ठेकेदारी हो?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो गरे।

रिपोर्टर्स क्लब नेपालले बिहीबार अायोजना गरेको साक्षात्कारमा उनले दिनभरि संसदमा सुत्नेहरु भ्रष्टाचारी होइनन र? भन्दै प्रश्न समेत गरे। संविधानको दुहाई दिएर आयोगलाई पंगु बनाउने काम भएको समेत उनको गुनासो थियो। मधेसी मोर्चा र काँग्रेस–माओवादी केन्द्रवीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख भएपनि सरकारले महत्वपूर्ण काममा अहिलेसम्म प्रवेश नै नगरेको कर्णले आरोप लगाए।

संविधान संशोधनमार्फत आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने उनको भनाइ थियो।  कर्णले सरकारले मोर्चासँग बसेर संविधान संशोधनको विषयमा साझा धारणा बनाएपछि मात्रै अन्य पार्टीसँग त्यसबारेमा छलफल हुनुपर्नेमा अहिले सरकारले एमालेलाई देखाएर नाटक मञ्चन गरिरहेको समेत आरोप लगाए। उनले भने,‘अहिले सरकारले बहानाबाजी गरिरहेको छ, यो बहानाले चल्दैन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.