आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

काठमाडौंः नेकपा एमालेले आइतबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले आइतबार बस्ने संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएकाले अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको हो।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि निर्देशक दिएको जानकारी दिए। उनका अनुसार बैठकमा कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य र आवश्यकताबारे जानकारी गराइएको थियो।

एमालेले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा हस्ताक्षर गर्न पनि निर्देशन दिएको छ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका एक सय ५७ जना सांसदहरुले अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा बुधवार महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.