महाअभियोग सिफारिस समितिको कार्यविधि बनाउन कार्यदल गठन

महाअभियोग सिफारिस समितिको कार्यविधि बनाउन कार्यदल गठन

काठमाडौंः महाअभियोग सिफारिस समितिको कार्यविधि बनाउन कार्यदल गठन गरिएको छ। समितिको बिहीबार बसेको बैठकले कार्यविधि बनाउन चार सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा कांग्रेसका फर्मुल्ला मन्सुर, एमालेका पार्वत गुरुङ, माओवादी केन्द्रका रामनारायण विडारी र राप्रपा नेपालका दिलनाथ गिरी रहेका छन्। कार्यदललाई कार्यविधिको मस्यौदा तयार पार्न एक साताको समय दिइएको छ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसदमा एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

बुधवार दिउँसो बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.