धनकुटामा विमानस्थल निमार्णका लागि पूर्वमन्त्री र सांसदको पहल

धनकुटामा विमानस्थल निमार्णका लागि पूर्वमन्त्री र सांसदको पहल


काठमाडौंः धनकुटको बेलहारामा विमानस्थल निमार्णका लागि पूर्वमन्त्री र सांसदले पहल सुरु गरेका छन् । बिहीबार धनकुटाबासीले संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनबहादुर शाहीलाई भेटी विमानस्थल निर्माणको पहल गर्न आग्रह गरेका हुन् ।

बेलहरा डाँडामा विमानस्थल निर्माण गर्नको लागि पहिले नै सर्भे भइसकेको जानकारी गराउँदै तत्काल मन्त्रालयबाट बजेट छुट्याउन जिल्लाबासीले मन्त्रीलाई आग्रह गरे । उनीहरुले सरकारी बजेट अपुग भए श्रमदान गर्न समेत तयार गरेको बताएका छन् । 

मन्त्री शाहीले विमानस्थलका लागि बजेट छुट्याउन पहल गर्ने आश्वासन दिए । शाहीले भने, ‘धनकुटामा विमानस्थल निर्माण कार्यका लागि म सक्दो प्रयास गर्नेछु ।’

मन्त्रीसँगको भेटमा पुर्ववाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री धनमाया विक, सांसद मनोहर नारायण श्रेष्ठ, उदय नेपाली, पूर्वसभासद् हेमराज भण्डारी र नेता डम्बर सुवेदीलगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.