कांग्रेस बैठकमा देउवाले भने, अख्तियारलाई लोकमानले शाही आयोगजस्तै बनाए

कांग्रेस बैठकमा देउवाले भने, अख्तियारलाई लोकमानले शाही आयोगजस्तै बनाए

काठमाडौं : कांग्रेसको सभापति शेरबहादुर देउवाले लोकमानले अख्तियारलाई शाही आयोगजस्तो बनाएर स्वेच्छाचारी ढंगले काम गरेकोले महाअभियोग ल्याउनुपर्ने अवस्था आएको बताएका छन् ।

बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले महाअभियोग ल्याउनुभन्दा अघि एमाओवादी र एमाले नेतृत्वसँग अनौपचारिक छलफल भएको पनि स्वीकार गरेका छन् ।

बैठकमा कांग्रेसका सदस्यहरुले एमाले र एमाओवादीले एकलौटी रुपमा महाअभियोग दर्ता गराएको र कांग्रेसको भूमिका र दृष्टिकोणबारे अनेक आशंका भइरहेको भन्दै देउवासँग जवाफ मागेपछि उनले स्पष्ट पारेका थिए । उनले कांग्रेस महाअभियोगको पक्षमा उभिने स्पष्ट संकेत दिएका थिए ।
बैठकमा सहभागी कांग्रेस सदस्य गोविन्द भट्टराईले देउवाको भनाइ उधृत गर्दै भने, 'शाही आयोगले जस्तो सबैलाई थर्काउने र धम्काउने लोकमानको स्वेच्छाचारी शैलीका कारण आज यस्तो अवस्था आएको हो ।'

बैठकमा बोल्ने अधिकांशले महाअभियोग पक्षमा उभिनुपर्ने बताए पनि केहीले कांग्रेससँग सहमति र छलफल नभइकन ल्याएको भन्दै असन्तुष्टी जनाएका थिए । कांग्रेस बैठक शुक्रबार ११ बजेदेखि पुनः बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.