भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रत्ननगर: चितवनको दारेचोक–४ स्थित मुग्लिनबजारमा भारतीय ट्रकको टक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ५० वर्षको देखिने पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृतकको अहिलेसम्म सनाखत नभएको र शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मध्यराति १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.