हत्या आशंकामा चिताबाट शव नियन्त्रणमा

हत्या आशंकामा चिताबाट शव नियन्त्रणमा

धनगढी: श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन ठिक्क पारेका बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका नारायण र उनकी श्रीमतीको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरीफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोजगार पतिलाई बोझ ठानिरहेको छिमेकीले बताएका छन् ।

लामो समयदेखि श्रीमान्लाई खाना नदिने, खाना नपकाउने र कुटपिट गर्ने गरेकी दुर्गाले बिहीबार बिहान ५ बजेतिर आफ्नो भाइ विमल उपाध्यायलाई बोलाएर हत्या गरेको भन्दै मृतकका दाजु जीवलाल उपाध्यायले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

‘मृतकको नाक र कानबाट रगत बगिरहेको थियो, शरीरमा नीलडाम छन् । शव चितामा राख्ने तयारी गरिएका बेला थाहा भयो, राति मरे छिमेकीलाई खबर गर्नुपर्ने थियो, त्यो पनि गरिएन, बिहान पनि शव बाँध्दा कसैलाई हेर्न दिइएन, अनि शंका लागेर घाटबाट प्रहरीलाई खबर गरिएको हो’, मृतकका दाजु जीवराजले भने ।

जीवराज र मृतकको घर ४०/५० मिटरको दूरीमा छ । मृतकका अर्का भाइको घर पनि ३० मिटरको दूरीमा छ । ‘राति मरेमा कसै न कसैलाई खबर गर्नुपर्ने, बिहान एकाएक मरेको खबर आयो, दाउरा र शवका लागि चाहिने कपडा सबै मगाई सकिएको थियो, हेर्दा छिटो जलाउन पाए झैं लाग्यो,’ जीवराजले भने ।

हत्याको आशंकामा मृतककी श्रीमती दर्गा र सालो विमल उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शव यात्रा सुरु भइसकेपछि मृतकको शरीरबाट रगतका थोपा चुहिएपछि शवयात्रामा गएका आफन्तलाई शंका लागेको हो । शव यात्रामा सहभागी कतिपयले प्रहरीलाई खबर गरे झन्झटमा फसिने भनेपछि शवलाई मोहना आर्यघाटसम्म पुर्याइएको थियो ।

‘आर्यघाटमा पुगेपछि घाँटी कसेर मारेको संकेत देखिएको, मुखभरि नीलडाम र रगत बगिरहेको दृश्य देखेपछि एकजना मलामीले त्रिनगर प्रहरी चौकीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । ‘शव जलाउन चिता तयार पारिँदै थियो, हामीलाई खबर आयो, अनि प्रहरीले शव नियन्त्रणमा लिएर सेती अञ्चल अस्पतालमा पुर्याएको छ । आफन्तको हत्या भएको भन्दै जाहेरी दरखास्त आएको छ’ एसपी विष्टले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.