विवाह मण्डपबाट बेहुली किशोरीको उद्धार 

विवाह मण्डपबाट बेहुली किशोरीको उद्धार 

खाँदबारी: विवाह मण्डपमा बेहुली बनेर सजिएकी १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । खाँदबारी–३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह बन्धनमा बाँधिदै गरेकी सोही ठाउँकी किशोरीलाई जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीले उद्धार गरी प्रहरीको जिम्मा लगाएको हो ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा–७ मा पढ्ने गुरुङ थरकी किशोरीलाई गाउँले र आफन्तको दबाबमा विवाह गर्न बाध्य बनाइएको थियो। बाबुले दोस्रो विवाह गरी सम्पर्कविहीन रहेको र आमा वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको अवस्थामा हजुरआमाले बाध्य पारी ती किशोरीको विवाह गराउन थालिएको हो ।

विवाह हुन लागेको जानकारी पाएपछि जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष मेवाहाङ राई र सदस्य सैलु चौहानले प्रहरीमा उजुरी दिई उद्धार गरेका थिए।बालअधिकार महासन्धि १९८९ को पक्ष राष्ट्र भई १४ सेप्टेम्बर १९९० देखि नेपालले कानुन कार्यान्वनमा ल्याएको छ । नेपालले बालबालिका सम्बन्धी संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०४८, बालबालिका सम्बन्धी नियमावली २०५१ जारी गरे पनि बालविवाह समाजको विकृति भएकाले बालिकाको उद्धारमा जुट्नु परेको जिल्ला बाल सञ्जालका अध्यक्ष राईले बताए ।

प्रहरीले पीडकलाई अनमेल विवाह र बालविवाह महलमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनायो। बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले १८ वर्षभन्दा मुनि र नेपालको बालबालिका सम्बन्धी ऐन २०४८ अनुसार १६ वर्षमुनिकालाई बालबालिका मानिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.