रोल्पामा तीन बेवारिसे शव फेला

रोल्पामा तीन बेवारिसे शव फेला

लिबाङः रोल्पामा पछिल्लो एक सातामा तीन अलग स्थानमा तीनवटा शव फेला परेका छन्। कोर्चाबाङ, जुगार र जौलीपोखरीमा उक्त शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केशव वस्नेतका अनुसार एक सातामा एक महिला र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। कार्तिक २ गते कोर्चाबाङ–९ माडीखोलामा मधेश मुलका नागरिक मृत भेटिए। माछा मार्न खोलामा गएका गाउँलेले बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजिव श्रेष्ठको टोली घटनास्थल पुगेपछि शवको पहिचान भएको हो। शव भेटिनु एक दिनअघि एक बालकले आफ्ना बुवा हराइरहेको सूचना दिएकाले शव भएको स्थानमा बालकलाई लगेपछि शवको पहिचान भएको हो। शव घर्तीगाउँका ललित घर्तीमगरको फर्निचरमा मिस्त्रीका रुपमा काम गर्दै आएका हर्जनीय दरबार–२ रौतहतका ४५ वर्षीय रामनारायण ठाकुरको भएको पुष्टि भएको छ।

शवलाई बुधबार रेउघा अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । घर जान भनेर हिडेका उनी हराइरहेका थिए । मदिरा सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘परिवारलाई खवर पठाएका छौं’, प्रहरी निरीक्षक बस्नेतले भने, ‘आएपछि शव हस्तान्तरण गर्छौं।’
त्यसो त असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की पनि भीरमा मृत फेला परे। चार दिन अघि दशैंको खसी किन्न हिडेका उनी घर फर्केका थिएनन्। सार्कीको शव भीरमुनी मकैबारीमा फेला परेको थियो। परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुन सक्ने आँकलन गरे।

बेवारिस शव फेला पर्ने क्रममै जौलीपोखरीमा असोज २८ मै ६५ वर्षीय गौरी पुनको शव फेला परेको थियो। मानसिक सन्तुलन ठीक नभएकी उनी असोज १९ देखि हराइरहेकी थिइन्। धनाडाँडा जंगलमा शव देखिएपछि गाउँलेले प्रहरीलाई खवर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.