सन्नीको रगतमा इन्फेक्सन
बलिउड नायिका सन्नी लियोन लाइ डाक्टरले भेजिटेरीयन खाना खानको लागी सुझाव दिएकाछन् । डाक्टरले उनलाइ अल्कोहल, मिल्क प्रडक्ट, स्पाइसी खानेकुराहरु देखी टाढा बस्न भनेको सन्नीले आफनो ट्वीटर मार्फत जनाएकीछिन् ।
उनले भनेकीछिन् ‘यतिबेला मेरो स्वस्थ्य ठीक छैन । मेरो रगतमा इन्फेक्सन देखीएको डाक्टरले जनाएकाछन् । रगत प्युरीफाइ गर्नु पर्ने भएको छ । मेरो शरीरमा धेरै नै गर्मी बढीरहेको छ ।
यो नै रगतको इन्फेक्सनको कारण बनेको छ । यसैले म जेपायो त्यही खादिन । विषेश प्रकारको चिया मात्र पिउँछु जुन स्वाद विहिन छ ।'
उनलाइ परम्परागत चाइनीज डाक्टरले उनको दैनिकी परीवर्तन गर्न सुझाव दिएको बताएकीछिन् । सन्नी परम्परागत चाइनीज विधिको उपचारमा भरोषा गर्ने भएकोले त्यही अनुसार उपचार गराइरहेको बताएकीछिन् । तिनै डाक्टरले उनलाइ मसलेदार खाना, दुधबाट बनेका खाना नखान भनेका हुन् ।
यतिबेला उनको फिल्म ‘बेइमन लव' चले पनि बक्स अफीसमा उनको फिल्म ल्फप भइसकेको छ ।