विनीता बरालको उमंग 

विनीता बरालको उमंग 

काठमाडौंः नेपाली चलचित्र ‘उमंग' कात्तिक २१ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । सगरमाथा फिल्मस्को प्रस्तुतिमा कुमार बीसीले निर्माण गरेको चलचित्र उमंग केही दिनअघि अस्ट्रेलियाको सिडनीमा प्रदर्शन भइसकेको छ ।

उमंगलाई पृथक् नेपाली चलचित्र बनाउने कोसिस गरिएको दाबी निर्माण पक्षको छ । चलचित्रले नामजस्तै दर्शकमा उमंग थपिदिने निर्माता बीसीले बताए । दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा गर्दै आएका शिव शर्माले चलचित्र क्षेत्रमा बटुलेको अनुभवका आधारमा विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए ।

कुमार जीसीको लगानीमा तयार भएको उमंगमा नायिका विनीता बरालको अभिनय छ । उनी चलचित्रका बोल्ड रूपमा प्रस्तुत भएकी छन् । विनीताले चलचित्रप्रति आशावादी भएको बताइन् । चपली हाइटबाट उदाएकी विनीता त्यसयता चर्चामा छैनन् । यो चलचित्रले उनलाई कुन रूपमा स्थापित गर्छ त्यो भने समयले बताउनेछ ।

चलचित्रले मनमा उमंग बोकेर परदेसिन बाध्य भएकापरदेशीको कथा बाकेको छ । चलचित्रमा कुमार बीसीसँगै सीपी पौडेल, रामबाबु रेग्मी, शिला श्रेष्ठ, रूपेश सुवेदी, राम थापा, उमेशकुमार केसीलगायतको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.