६१ ग्राम खैरो हेरोइनसहित पाँचजना पक्राउ
काठमाडौं: राजधानीमा अवैध रुपमा लागू औषध खैरो हेरोइनको कारोबार गर्दै आएका पाँच जनालाई प्रहरीले ६१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो ।
ब्युरोका अनुसार पक्राउ पर्नेमा बाँके नेपालगञ्जका जीवन मल्ल, अमिन गुरुङ, टेकुका मनिष शाही, भारत पूर्वी चम्पारणका सन्दीप कुमार साह र अर्यान कुमार छन् ।
प्रहरीले उनीबाट ६१ ग्राम खैरो हेरोइन बरामद गरेको हो । ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार पक्राउ मध्येका सदिश विगत लामो समयदेखि भारतमा मुजफ्फापुरबाट काठमाडौं लगायत नेपालका विभिन्न जिल्लामा खैरो हेरोइनको विक्री वितरण गर्ने मुख्य कारोबारी हुन् ।