लोकमानका कान पड्काउँदा प्रचण्डलाई किन ज्वरो आयो ?

लोकमानका कान पड्काउँदा प्रचण्डलाई किन ज्वरो आयो ?

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको दर्ता भएपछि पक्ष र विपक्षमा बहस चलिराखेको छ । लोकमानलाई महाअभियोग लगाउदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट देखिपछि उनको आलोचना धेरै भइराखेको छ ।

लोकमान र प्रधानमन्त्री प्रचण्डका विषयमा सबैभन्दा धेरै बहस सामाजिक सञ्जालमा छ । यो बहसमा लेखक खगेन्द्र संग्रौला समेत सहभागी भएका छन् । संग्रौला ट्वीट गर्छन्, ‘लोकमानका कान पड्काउँदा पुष्पकमललाई किन ज्वरो आएको ?’

संग्रौलाले व्यङ्ग्यात्मक शैलीमा सरकारको कार्यकारी पुष्पकमल दाहाल अर्थात् पीके हुन् कि लोकमान कार्की अर्थात् लोके भनेर प्रश्न गरेका छन् । उनले लोकमान काण्डमा जसले खुट्टा कमाउछ ऊ सकिने समेत दाबी गरेका छन् ।

संग्रौलाले भनेका छन्, ‘लोकमानका कान पड्काउँदा पुष्पकमललाई किन ज्वरो आएको ? सरकारका कार्यकारी पीके हुन् कि लोके ? यो माम्लोमा जो खुट्टा कमाउँछ, त्यसका दिन सकिए ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.