ढुवानी नहुँदा चामल गाउँ पुगेन

ढुवानी नहुँदा  चामल गाउँ पुगेन

गमगढीः नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगर्दा गाउँमा चामल पुग्न सकेको छैन ।

जिल्ला खाद्य संस्थानअन्तर्गतका जिल्लाका तीन र हुम्लाको एक डिपोमा मुगुबाटै चामल ढुवानी हुने भए पनि ग्रामीण भेगका खाद्य डिपोमा चामल ढुवानी गर्ने ठेकेदारले समयमा ढुवानी नगर्दा सर्वसाधरणले यो आर्थिक वर्षको चार महिना बितिसक्दा पनि चामल पाउन नसकेका हुन् ।

जिल्ला खाद्य संस्थानबाट पुलु डिपोका लागि १५ सय, सोरुकोट डिपोका लागि खाद्य संस्थान सुर्खेतदेखि १५ सय र मुगु शाखाबाट ५ सय, श्रीकोट डिपोका लागि १५ सय तथा हुम्लाको सर्केगाड डिपोको लागि १ हजार क्विन्टल चामल यो आर्थिक वर्षमा सरकारबाट सहुलियत दरमा छुट्याएको भए पनि ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगर्दा अहिलेसम्म एक केजी पनि चामल सम्बन्धित डिपोमा नपुगेको खाद्य संस्थानका प्रमुख गंगाप्रसाद शाहले बताए ।

सोरुकोट डिपोका लागि हिमाल निर्माण सेवा सुर्खेत र पुलु डिपोका लागि ऋणमोक्ष सप्लायर्स मुगुसँग तथा श्रीकोट र हुम्लाको सर्केगाड डिपोका लागि अरू दुई सप्लायर्ससँग ढुवानीका लागि सम्झौता भए पनि अहिलेसम्म कुनै पनि डिपोमा चामल ढुवानी भएको छैन ।

आफ्नो नजिकको डिपोमा चामल नपुगेपछि दुई दिन हिँडेर चामल लिन सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको डोल्फु गाविस डोल्फु गाउँका उर्गिन लामा बताउँछन् । उनलाई आफ्नो गाउँबाट पुलु डिपो पुग्न एक दिन लाग्छ तर पुलु डिपोमा ठेकेदारले चामल ढुवानी नगर्दा दुई दिन लगाएर सदरमुकाम गमगढी पुग्न बाध्य भएको बताए ।

‘केही समयपछि हिमाली क्षेत्रमा हिमपात भई बाटो अवरुद्ध हुन्छ । ढुवानी गर्ने साधन हुँदैनन् । अहिले आउने चामल वैशाखमा पुग्छ । सहुलियत दरमा सरकारले वितरण गरेको चामल ढुवानीको जिम्मा लिएको ठेकेदारलाई कानुनी दायरामा ल्याउन सकिँदैन? ’ उनले आक्रोश पोखे ।

सम्झौताअनुसार ठेकदारलाई ढुवानी गर्न बेलाबेलामा खाद्य संस्थानबाट ताकेता गरिएको भए पनि अहिले सम्झौताअनुसारको रकममा आफूहरू ढुवानी गर्न नसक्ने भन्दै ठेकेदारले ढुवानी नगर्दा पुलु डिपोअन्तर्गतका मुगु, डोल्फु, किम्री, पुलु, माँग्री, सोरुकोटका भिई, नार्थपु, जिमा, फोतु, कालै, धैनाकोट, रारा श्रीकोट डिपोअन्तर्गतको सेरी, श्रीकोट, खमाले गम्था, कोटडाँडा, सुकाढिक, ह्यांगलु र हुम्लाको सर्केगाड डिपोभित्र पर्ने रोडिकोट, दार्म, कालिका, जैर, मैला, मदनालगायतका एक दर्जन बढी गाविसका सर्वसाधरणले ठेकेदारकै कारण दसैं र तिहारमासमेत सरकारबाट सहुलियत दरमा वितरण हुने चामल पाउन सकेनन् ।

खाद्य संस्थानका अनुसार क्षेत्रका डिपोमा चमालको मौज्दात शून्य रहेको भए पनि जिल्ला खाद्य संस्थानमा भने प्रर्याप्त खाद्यान्न छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.