झाडापाखालाबाट सुत्केरीको मृत्यु
उर्लाबारी: झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ। एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए। झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए। रासस