प्रधानमन्त्री भन्छन्–पैसा नपाई नेता गाउँ जानै मानेनन्

प्रधानमन्त्री भन्छन्–पैसा नपाई नेता गाउँ जानै मानेनन्

काठमाडौंः प्रधाानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गाउँगाउँमा पैसा नपठाएसम्म पार्टीका नेताहरु गाउँ जान नमानेको बताएका छन्।

माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई राजधानीमा सम्वोधन गर्दै उनले भने,‘नेताहरु पैसा र गाउँ विकासको कार्यक्रम नपाएसम्म गाउँ जानै मान्दैनन्। कसरी गाउँ पठाउने भन्दा पैसा गाउँगाउँमा पठाइदिने। त्यसपछि साथीहरु दौडिएर जान्छन् र चुनाव पनि जितिन्छ।’

पार्टीका नेता तथा कार्यकर्ताहरु काठमाडौं बस्ने र मन्त्रालय धाउने कार्यमा मात्र व्यस्त देखिएको गुनासो गर्दै दाहालले भने,‘बाटोघाटो, पुल बनाउन अहिलेसम्मकै सबैभन्दा धेरै रकम गाउँमा पठाइएको छ।’ प्रधानमन्त्री दाहालले बजेट परिमार्जन वा पुरक बजेट ल्याएर भएपनि सरकार र पार्टीलाई उत्पीडित वर्ग समुदायतिर केन्द्रित गर्न खोजेको जानकारी दिए।

‘हाम्रा धेरै साथीहरु काठमाडौं आएका छन्। उनीहरुलाई गाउँ पठाउनका लागि समेत आफुले अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षसँग कुरा गरे। त्यसपछि सरकारको धेरै भन्दा धेरै पैसा गाँउ पठाउँ, अनि ती साथीहरु विकास गर्न गाँउ फर्कन्छन् भन्ने निर्णका साथ कार्यान्वयन तर्फ लागेको छु।’

‘खुकुरीको धारमा छु’

प्रधानमन्त्री दाहालले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताए। उनले भने,‘पहिलो पार्टी भएको बेला जस्तो प्रधानमन्त्री होइन। अहिले खुकुरीको धारमा हिड्नुपर्ने भएपनि जनता र कार्यकर्ताको समर्थन रहेकोले हामी सफल हुन्छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.