साइबेरियामा हेलिकोप्टर दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
मस्को: रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ।
शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हुँदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन्। दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो।
आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ। घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ।
उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। रासस/एएफी