‘नवक्षितिज आशाका किरण’ खोज्दै सहरिया युवा

‘नवक्षितिज आशाका किरण’ खोज्दै सहरिया युवा

काठमाडौं: राजधानी सहरको सुविधा सम्पन्न कलेजमा अध्ययन गर्ने सहरिया युवा यतिखेर दुर्गम गाउँमा गरिबीको चपेटामा परेका प्रतिभावान विद्यार्थीको खोजीमा जुटेका छन्। विभिन्न खाले अवसर र सम्भावनाबाट ओझेलमा परेका बालबालिकालाई शिक्षाको ज्योति छर्दै समान अवसरका लागि सहरिया युवाले अभियानै सुरु गरेका हुन्।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीले ‘युनिभर्सल सोलिडारिटी मुभमेन्ट’ क्लब अन्तर्गत भूकम्प प्रभावित बालबालिकाको सहयोगार्थ अभियान चलाएका छन्। क्लबले बर्सेनि ठूलो कार्यक्रम गरी उठेको रकमबाट दुर्गम क्षेत्रमा विद्यालय निर्माण गर्दै आएको छ। यसपटक भूकम्पबाट बढी प्रभावितमध्ये दोलखाको शैलुङ्गेश्वर गाविसको कालिभूमे प्राथमिक विद्यालयको भवन निर्माण गर्ने क्लबका मध्यस्थकर्ता वासुदेव घिमिरेले बताए।

कलेज भौतिक शास्त्र विभागका संयोजक समेत रहनुभएका घिमिरेले कार्यक्रमबाट करिब तीन लाख रकम सङ्कलन हुने र उक्त रकम विद्यालय निर्माणमा खर्च गरिने बताए। विद्यालय निर्माणका लागि नेपाल जेसिसले जस्तापाता उपलब्ध गराउनेछ। क्लबले अघिल्लो वर्ष दोलखाकै नाम्बु गाविसमा प्रावि निर्माण गरेका थिए। आर्थिक सहयोग मात्र नभइ क्लबका सदस्य गएर श्रमदान समेत गर्नेछन्।

संयोजक घिमिरेले सहरमा त सबैले सहयोग गरेकै छन् तर भूकम्पबाटपीडित दुर्गमका विद्यार्थीलाई किन सहयोग नगर्ने भनेर आफूहरु गाउँतिर गएको बताए। क्लबका उपाध्यक्ष सम्प्रदा न्यौपानेले दुर्गम क्षेत्रमा शिक्षाबाट वञ्चित बालबालिकालाई शैक्षिक अवसर प्रदान गरी उनीहरुमा आशाका किरण जगाउन लागि परेको बताए।

अभियानमा घिमिरेको नेतृत्वमा आठजना दश जोड दुई अध्ययनरत विद्यार्थीको कार्यसमिति छ, जसमा अध्यक्ष ऊर्जा हुमागाइँ, उपाध्यक्षद्वय सम्प्रदा न्यौपाने र भूषण झा, सचिव हिमाङ्छु पाठक, ‘आइटी एनालाइसिस’ प्रज्वल ज्ञवाली, ‘ह्युमन रिसोर्स’ आचल सिंह ‘इभेन्ट म्यानेजर’ वसन्त रिजाल र कोषाध्यक्ष महेश पाण्डे छन्।

ललितपुर हात्ति वन बस्ने अभियान्ता न्यौपानेले समाज शास्त्रबारे अध्ययन गरेकाले समाजका लागि केही गराैं भन्ने उद्देश्यले यस किसिमको अभियानमा लागेको बताए। विज्ञान सङ्कायका कक्षा १२ मा अध्ययनरत् भक्तपुर गट्ठाघरका हिमाङ्छु पाठकले समाजसेवा गर्न पाउँदा आनन्दित हुने भएकाले यो अभियानमा जुटेको बताए।

उहाँले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको अवसर दिउँ भनेर ‘नवक्षितिज आशाका किरण’ नाराका साथ कार्यक्रम गरिएको र अर्को कार्यक्रम सिन्धुपाल्चोकमा लैजाने योजना रहेको सुनाउनुभयो ।

क्लबले आगामी कार्यक्रम ‘परिवर्तनका लागि परिवर्तन’ भन्ने नाराका साथ लैजाने योजना बनाएको छ । संयोजक घिमिरेले यस्ता कलेज धेरै भएकाले आफूहरुले जस्तै काम गरेर गाउँमा पुगे नवक्षित आशाका किरण साकार हुने बताए।

कार्यक्रमलाई स्टार हस्पिटल, नेपाल– बङ्गलादेश बैंक, शिखर इन्स्युरेन्स, अस्मिता पब्लिकेसन, सुकुना पब्लिकेसन आदिले सहयोग गरेका छन्। एक दिवसीय कार्यक्रममा स्टेज प्रस्तुती, चित्रकला प्रतियोगिता, डिस्को, विभिन्न मनोरन्जनात्मक खेल, पानीपुरी प्रतियोगिता, फुड स्टल आदि राखिएको छ। विद्यार्थीमात्र नभइ सर्वसाधरणलाई पनि लक्षित गरेर कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा प्रवेश शूल्क ५० र डिस्कोका लागि छुट्टै ५० रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.