मोदी भन्छन्–लोकमानलाई संसदबाट दुई तिहाई बहुमतबाटै बिदा गरिन्छ

मोदी भन्छन्–लोकमानलाई संसदबाट दुई तिहाई बहुमतबाटै बिदा गरिन्छ

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदाई गरिने बताएका छन्।

मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन्। काठमाडौंमा शनिवार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमासांसद मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा उक्त प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे।

उनले भने,‘महाअभियोगको प्रस्ताव फिर्ता हुन्छ वा लिने हल्ला चलाइएको छ, यो गलत कुरा हो, सार्वभौमसत्ता सम्पन्न संसदको क्षेत्रको कुरा हो, यो विषयमा संसदमा छलफल हुन्छ।’ यद्यपि उनले आफ्नो पार्टी अहिले नेपाली काँग्रेससँगको गठबन्धनको सरकारमा भएकोले काँग्रेसको निर्णय आएपछि मात्रै पार्टीले पनि आधिकारिक निर्णय बाहि ल्याउने जनाए।

उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे। त्यस्तै उनले महाअभियोग सिफारिस समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए।

कार्यक्रममा नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरे। गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याए झैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन आफैले मलजल गरेको उनको आरोप थियो।

उनले भने,‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चुनौती दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो।’ उनले महाअभियोग प्रस्ताव पारित गर्न प्रमुख दल नेपाली काँग्रेसले पनि पूर्ण साथ दिने दाबी गरे।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.