विश्वको पहिलो सगरमाथा आरोही महिला जुन्को तावेईको निधन

विश्वको पहिलो सगरमाथा आरोही महिला जुन्को तावेईको निधन

काठमाडौँ: सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल विश्वको पहिलो महिला जुन्को तावेईको निधन भएको छ ।

७७ बर्षीया जापानी नागरिक तावेईको जापानमा बिहीबार निधन भएको टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले जानकारी दिए । उनको निधन बिहीबार भए पनि त्यहाको प्रशासनले शनिबार मात्र जानकारी गराएको राजदूत अर्यालले जानकारी दिए ।

अर्यालले सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिलाको निधनप्रति दुःख ब्यक्त गरेका छन् । जापानका सञ्चार माध्यमलाई समेत शनिबार मात्र उनको निधनको खबर दिइएको छ । जनतालाई दुःखी नबनाउन तावेईको निधनको खबर ढिला गरी सार्वजनिक गरिएको बताइएको छ ।

तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन्। उनले नेपाली गाइड आङ् छिरिङ् शेर्पाका साथमा सगरमाथा आरोहण गरेकी थिइन् । हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’ का रुपमा लिने गरेकी थिइन् ।

सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरुको समेत आरोहण गरेकी थिइन् ।

Junko-tabei-death


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.