लोकमानबारे निर्णय गर्ने 'अन्तिम अधिकार' प्रचण्डलाई

लोकमानबारे निर्णय गर्ने 'अन्तिम अधिकार' प्रचण्डलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगबारे निर्णय लिने सर्वाधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।

प्रचण्ड निवासमा लाजिम्पाटमा शनिबार दिनभर बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता पम्फा भूसालले बैठकपछि संचारकर्मीसँग भनिन्, यसबारेमा दलहरुसँग छलफल तथा परामर्श गरेर निर्णय लिने अधिकार प्रधानमन्त्री प्रचण्डजीलाई दिने निर्णय बैठकले गरेको छ ।


बैठकमा प्रचण्डले महाअभियोग ल्याउनुपर्ने कारण र औचित्यबारे बताएका थिए। उनले कांग्रेस र एमाले नेतृत्वसँग अनौपचारिक परामर्श भएर नै महाअभियोग आएको स्पष्ट पार्दै कांग्रेस पनि यसको विपक्षमा नरहेको दाबी गरेका थिए । उनले कांग्रेस र एमालेका नेताहरुसँग आफू निरन्तर सम्पर्क र सम्वादमा रहेको बताएका थिए ।

बैठकमा कांग्रेसलाई समेत सहमति ल्याएर महाअभियोग अघि बढाउनुपर्ने भन्दै केही सदस्यहरुले हतार गर्दा पार्टी नै अप्ठ्यारोमा परेको बताएका थिए । अधिकांश सदस्यहरुले महाअभियोग आइसकेको कुनै पनि हालतमा यसमा ब्याक हुन नहुने बताएका थिए ।

उर्जामन्त्री जनार्दन शर्माले पनि अब प्रचण्डले आवश्यक परामर्श गरेर यसबारेमा  निर्णय लिने बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.