'लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन'

'लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन'

दमौली: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाली काँग्रेस तनहुँले गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताए।

संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गरे। स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उनले गरे।

मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताए।
सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.