हिन्दु अधिराज्यको माग गर्दै पाँच बुँदे घोषणापत्र सार्वजनिक

हिन्दु अधिराज्यको माग गर्दै पाँच बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौंः विश्व हिन्दु महासंघले नेपाललाई तत्काल हिन्दु अधिराज्य घोषणा गर्न माग गरेको छ । तीन दिने अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको तेस्रो तथा अन्तिम दिन शनिबार पाँच बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।

महासंघका नवनिर्वाचित भरतकेसर सिंहले विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाललाई बलपूर्वक धर्म निरपेक्ष राष्ट्र घोषणा र राजसंस्थालाई विस्थापित गर्ने कार्य एकसाथ गरिएको कार्यलाई महासम्मेलन घोर विरोध गर्दै नेपाललाई तत्काल हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधानतः धर्म निरपेक्ष राज्यको घोषणालाई तत्काल खारेज गरी हिन्दु अधिराज्य पुनः कायम गर्न सरकार र अन्तर्राष्ट्रिय जगत समेतको ध्यानाकर्षण गर्दछौं ।’ ९४ प्रतिशत ओमकार परिवारको भावना कदर नभए सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।

सम्मेलनमा जारी घोषणा पत्रमा वैदिक सनातन हिन्दु धर्मबाट इतर धर्ममा प्रवेश गरिसकेकालाई पुनः आफ्नो धर्ममा फिर्ता ल्याउन विश्वका सम्पूर्ण ओमकार परिवार संगठित भई कदम चाल्न पनि आग्रह गरिएको छ । नेपाल धर्म निरपेक्ष घोषणा भएपछि गौवंश सुरक्षित नभएको तथ्यलाई ह्दयंगम गर्दै गौवंश संरक्षणका लागि अभियान सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

कात्तिक ४, ५ र ६ गते राजधानीमा भएको महासम्मेलनको पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरेका थिए । महासम्मेलनमा पूर्वरानी कोमलको पनि उपस्थिति थियो ।

पत्रमा हिन्दु सम्राट ज्ञानेन्द्र र हिन्दु साम्राज्ञी कोमल महासम्मेलनमा आई उद्घाटन गरेकोमा कृतज्ञतासहित धन्यवाद व्यक्त गरिएको छ । महासम्मेलनमा थाइल्याण्ड, अमेरिका, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, नेदरल्याण्ड, अष्ट्रेलिया लगायतका देशको सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.