धादिङका ग्रामीण सडकमा यातायात बन्द

धादिङका ग्रामीण सडकमा यातायात बन्द

धादिङबेसी: रुट परमिट नभएका सवारीका साधनलाई जिल्लाका ग्रामीण क्षेत्र प्रवेशमा रोक लगाइएको छ । यससँगै सदरमुकामबाट ग्रामीण क्षेत्रको सवारी आवागमन ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले रुट परमिटबिना सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको भन्दै ग्रामीण क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

यात्रु बोक्ने सवारी साधनसहित मालवाहक ट्रकलाई पनि सञ्चालनमा रोक लगाएपछि सदरमुकामबाट ग्रामीण क्षेत्रमा खाद्यान्न, निर्माण सामग्रीलगायतका सामान लैजान समस्या भएको छ । धादिङलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका तीनवटा यातायात व्यवासायी संघले सडक सञ्जालले छोएका सबैजसो गाउँ विकास समितिमा यातायात सेवा दिँदै आएका थिए ।

सदरमुकामसम्मको रुट परमिट भए पनि ग्रामीण क्षेत्रमा चलाउने परमिट नभएकाले बन्द गराइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । हाल धादिङबेसीबाट धादिङ यातायात र संयुक्त यातयातका सवारी साधन ग्रामीण क्षेत्रमा सञ्चालनमा छन् ।

इजाजतपत्र लिन जिल्ला प्रशासन कार्यालय धादिङबाट सिफारिस लिनुपर्ने र त्यसका लागि सरकारले तोकेको भाडादर कायम गर्नुपर्ने हुन्छ । सरकारले तोकेको पाँच रुपैयाँ २५ पैसा प्रतिकिलोमटिर लागू गरेपछि मात्र प्रशासनले रुट परमिटका लागि सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए ।

उनले भने, 'यात्रुकै सुरक्षालाई मध्यनजर राखेर रुट परमिटमा कडाइ गरिएको हो, सरकारी भाडादर समायोजन गरी यातायात व्यवस्था विभागबाट परमिट लिएपछि सबै सवारी साधन सञ्चालन हुन्छन् । हामीले रुट परमिट लिन चाहने यातायात व्यवसायीलाई सिफारिस पत्र दिइसकेका छौं ।'

 

अहिले धादिङबाट सञ्चालन भइरहेका कुनै पनि सवारीले निश्चित स्थान तोकर ग्रामीण क्षेत्रको रुट परमिट पाएका छैनन् । रुट परमिट भएकाको पनि धादिङ मात्रै उल्लेख गरिएकाले ग्रामीण क्षेत्रमा जान रोक लगाइएको हो । यातायात व्यवसायीका अनुसार पृथ्बी राजमार्ग र धादिङ-मलेखु सडकखण्डमा सवारी साधन सञ्चालन गर्ने सवारी साधानलाई इजाजतपत्र दिइए पनि ग्रामीण क्षेत्रमा जाने सडकमा यातायातका साधन सञ्चालनको अनुमति दिइएको छैन ।

यातायात व्यवसायीले यात्रुलाई सेवा दिएको भए पनि नियम कडा नबनाइँदा यसअघि ३० किलोमिटर दूरीको पाँच सय रुपैयाँसम्म भाडा लिने गरेका थिए । गत असोज ११ गते धादिङको मार्पाकमा बस दुर्घटना भएपछि ग्रामीण रुटमा चल्ने सवारी साधनको परमिटमा कडाइ गरिएको हो । मालबाहक र यात्रुबाहक सवारीका साधन नचलेपछि ग्रामीण इकालाबाट सदरमुकाम आउन सर्वसाधरणलाई सास्ती भएको छ ।

मार्पाक गाउँ विकास समितिका स्थानीय एवं नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वअध्यक्ष केशरी पन्तले भने, 'अहिले प्रशासनले देखाएको सक्रियता प्रशंसायोग्य छ, केही दिन सर्वसाधरणलाई गाह्रो त पक्कै पर्छ, म आफैं पनि मार्पाकबाट धादिङबेसी ८ घन्टा लगाएर हिँडेर आएँ, अहिले देखाइएको सक्रियताले भाडादर पनि समायोजन हुन्छ र परमिट लिएका सवारी मात्र सञ्चालनमा आउँछन् भन्ने लागेको छ ।'

रुट परमिट नभएका कारण मालबाहक सवारीका साधन पनि सदरमुकाममै रोकिएका छन् । मालबाहक सवारीका साधनले पनि ग्रामीण क्षेत्रबाट यात्रु ओसार्ने गरेको भेटिएपछि मालबाहक सवारीका साधानलाइ पनि परमिटमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिलले जानकारी दिएको छ । जिल्लाभर धादिङ, ग्रामीण र संयुक्त यातायातका गरी दुई सयभन्दा बढी सवारी साधन सञ्चालनमा छन् त्यसमध्ये ५० भन्दा बढी ग्रामीण क्षेत्रमा चल्ने गरेको ग्रामीण यातायातका अध्यक्ष चक्रबहादुर भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.