काठमाडौंका नदीको १३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौंका नदीको १३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं: काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको १८० औँ हप्तामा शनिबार गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

वाग्मती सफाइ महाअभियानका नेतृत्वकर्ता लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत महेश मास्के, जीवन विज्ञानका एलपी भानु शर्मा लगायत व्यक्तित्वको सफाइमा सक्रियता थियो । सफाइमा सहभागी पौडेलले चार्डपर्वलाई लक्षित गरेर सरसफाइलाई व्यवस्थित गरिएको बताए ।

रुद्रमती सफाइको १३९ औँ हप्तामा रातोपुल-सेतोपुल-रुद्रनगर- रातोपुलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइमा वातावरण संरक्षण अभियान, महानगरपालिकाका ९ र ३३ नं वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, वेलकेयर अस्पताल लगायत संस्थाको सहभागिता थियो । समाजले गौशाला- कमलपोखरी सडक फोहरमुक्त घोषणा गरी दैनिक अनुगमन गरिरहेको छ ।

 

तिहारपछि फोहरमुक्त सडक विस्तार गरी सफाइ कर्मचारीको पनि व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । 'तिहारपछि कालोपुल-सानोगौचरण- ज्ञानेश्वर सडकलाई पनि फोहरमुक्त घोषणा गरी सफा गर्न कम्तीमा दुई जना कर्मचारी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ'- गिरीले भने ।

विष्णुमती सफाइको १३१ औँ हप्तामा आज कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले बताए । कालीमाटी तरकारी बजारको सफाइमा वाग्मती सफाइको एक समूहले समेत सहयोग गरेको थियो । विगतका चार हप्ता वाग्मती सफाइ महाअभियानले सो तरकारी बजार सफाइ गर्दैआएको थियो । शनिबार साप्ताहिक सफाइपछि दुर्गन्धित तरकारी बजार सफा देखिएको छ ।

नख्खुखोला सफाइको ६३ औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ महतोमार्गमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालिलगायत संस्थाको सहभागिता थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकलबारी टोल सुधार समितिले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ ।

शनिबार लियो क्लब अफ काठमाडौं निर्माणाले बागमतीको गौरीघाट गुहेश्वरीमा सफाइ गरेको क्लवका ध्यक्ष मनिषराज साहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.