संसद बैठकमा लोकमानसिंह विरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने
काठमाडौं: व्यवस्थापिका संसदको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावले प्रवेश पाउने भएको छ ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न समय निर्धारण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकोछ ।
सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने कार्की विरुद्धको महाभियोगका बारेमा अनिर्णित छ । कांग्रेस केन्द्रिय समितिको बैठकमा छलफल भएपनि के गर्ने भन्ने निर्णय सार्वजनिक हुन सकेको छैन् ।